हेडलाईनसमाचारप्रदेश

उप–राष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

प्रहार समाचार । तनहुँ, ४ बैशाख २०८२ बिहीवार । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भेटवार्ता गरेको छ ।

बुधवार एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वसहितको केन्द्रीय कार्यसमितिको टोलीले हरितगृह निवासमा उपराष्ट्रपति यादवसँग भेट गर्दै नेपालको समग्र पत्रकारितामा फोटो पत्रकारहरूको योगदान र समाचारका लागि फ्रन्टलाईनमा खटिँदा हुने सुरक्षा चुनौती लगायत विभिन्न विषयबारे छलफल गरेको हो ।

भेटमा उपराष्ट्रपति यादवले फोटो पत्रकारहरूको योगदानले सत्यतथ्य समाचार सम्प्रेसणको लागि महत्वपूर्ण भुमीका खेल्दै आएको बताउँदै फोटो पत्रकारको  क्यामराले  खिचेका तस्बिरहरूले समाजमा सकारात्मक सचेतना फैलाउन र समाचारलाई तथ्यगत बनाउने महत्वपूर्ण खेल्दै आएकोले सबैलाई दिए ।
सो क्रममा एनएफपिजे नेपालका अध्यक्ष वन्तले फोटो पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नका लागि जीवन बीमा, न्यूनतम पारिश्रमकका विषय लगायतका अन्य सुविधाहरू उपलब्ध गराउन पहल गरिदिन उपराष्ट्रपति यादवलाई आग्रह गरेका थिए ।


उनले फ्रन्टलाइनमा खटेर देशभर फोटो पत्रकारिता गरिरहेका फोटो पत्रकारहरू उच्च जोखिममा रहेर काम गर्नु परिरहेको बाध्यात्मक अवस्था सृजना भएको चर्चा गर्दै  राज्यले सबै पत्रकार तथा फोटोपत्रकारहरुको सुरक्षाको सुनिश्चितता गर्दै जीवन बीमालगायतको सुविधा उपलब्ध गराउनु पर्नेमा जोड दिए ।


एनएफपिजे नेपालले आफ्नो २७  औँ वार्षिकोत्सवको अवसरमा बैशाख १३ गते गर्न लागेको ५औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ गर्ने भएको छ ।
भेटघाटको क्रममा एनएफपिजे नेपालका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ, उपाध्यक्ष चन्द्रकला क्षेत्री, महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रविन कुलुङ राई, कोषाध्यक्ष प्रदीप कुमार श्रेष्ठ लगायत अन्य केन्द्रीय सदस्यहरू शुसील कुमार श्रेष्ठ, मुकुन्द कालिकोटे,अनुप प्रधान,सागर वस्नेत,दिपेन्द्र मर्हजन र हरिस सिंह नगालको पनि उपस्थिति थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button