हेडलाईनव्याससमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँका  कुमाल समुदायको मौलिक संस्कृति पाँउदुरे नाँच पुस्तान्तरण  कार्यक्रम हुने

प्रहार समाचार । तनहुँ, ४ बैशाख २०८२ बिहीवार । तनहुँका  कुमाल समुदायको मौलिक संस्कृति पाँउदुरे नाँच पुस्तान्तरण  कार्यक्रम हुने भएको छ।

जिल्लाको व्यास नगरपालिका वडा नं. -९, कलेस्ती कुमाल गाउँमा यहि बैशाख १५ गतेबाट सुरु हुने एक हप्ते उक्त पुस्तान्तरण कार्यक्रममा कुमाल समुदायहरुको भाषा, संस्कृति, रितिरिवाज, चाडपर्व, परम्परा, मूल्य, मान्यता आदिको प्रशिक्षण प्रदान गरिने जनाइएको छ। उक्त कार्यक्रममा कुमाल  समुदायमा व्याप्त रहेको अशिक्षा अन्धविश्वास, विकृति, विसंगतिहरुको निराकरण गर्न, आत्मनिर्भर र स्वावलम्वी बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको कुमाल समाज तनहुँका अध्यक्ष आलोक कुमालले बताए ।

जिल्लाको विभिन्न भु-भागमा छरिएर बसोबास गर्ने कुमाल समुदायहरुलाई एउटै थलोमा जम्मा गरेर उत्त पुस्तान्तरण कार्यक्रममा दल बहादुर कुमालले प्रशिक्षक प्रदान गर्ने छन् ।

कार्यक्रमका लागि सामाजिक विकास कार्यालय तनहुँले आर्थिक सहयोग गर्ने कार्यालयका प्रमुख बिदुर हरि आचार्यले बताए । जिल्लामा  भानु नगरपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिकामा कुमाल समुदायको बाक्लो बस्ती रहेको  छ । यस्तै जिल्लामा कुमाल समुदायको जनसङ्ख्या ८ हजार ७ हजार २७ रहेको तत्याङ्कमा उल्लेख छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button