प्रहार समाचार । तनहुँ, ४ बैशाख २०८२ बिहीवार । नेपाली बजारमा सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ। जस अनुसार आज तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँ रुपैया पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि तोकेको यो मूल्य हालसम्मकै उच्च हो। हिंजोको तुलनामा आज एकै दिनमा एक तोलामा सुनको मूल्य ३ हजार ६ सय ले बढेको हो । हिंजो प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासंघका अनुसार, चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ९६० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
























