हेडलाईनसमाचारप्रदेश

रास्वपा का सभापति रवि लामिछानेका चार सन्देश

प्रहार समाचार । तनहुँ, २५ चैत २०८१ सोमवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सभापति रवि लामिछाने कारागार चलान भएपछि   चार सन्देश दिएका छन्।
उनका सन्देशहरु यसप्रकार रहेका छन् :   

१) अदालतको आदेशको सम्मान छ। कानूनले दिएको अधिकार प्रयोग गर्छु। तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने प्रक्रिया अवलम्बन गर्छु।

२) न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु। तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन्।

३) पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहोला। सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस्। अभियानलाई जनताको बीचमा पुर्याउनुस्।

४ ) अहिले ममाथि राजनीतिक प्रतिशोध भयो। पालो सबैको आउँछ। यो परीक्षाको पहिलो विद्यार्थी म भएँ। मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button