हेडलाईनसमाचारगण्डकीखेलकुद

लमजुङ सेवा समिति हङकङद्वारा  फुटबल खेलाडी  गुरुङलाई आर्थिक सहयोग

• विजय अधिकारी (संवाददाता ) २५ चैत २०८१ सोमवार । लमजुङ सेवा समिति हङकङले नेपाली राष्ट्रिय टिमको अन्डर-१३ फुटबल खेलका लागि राष्ट्रिय टिममा छनौट भएका लमजुङक खेलाडी दिपेश गुरुङलाई आर्थिक सहयोग गरेको छ ।

लमजुङको क्व्होलासोँथार गाउँपालिका वडा नम्बर-३, फुल्म्रोका दिपेश गुरुङको शैक्षिक तथा खेल प्रशिक्षणका लागि समितिले आर्थिक सहयोग गरेको हो ।

यसअघि फुटवल खेलका लागि सशस्त्र प्रहरीको अन्डर-१३ फुटवल टिममा छनौट भएका गुरुङलाई लमजुङ सेवा समिति हङकङले ७० हजार र सोहि समितिको जिल्ला स्थित समन्वय समिति बाट थप २० हजार गरी ९० हजार रुपैया आर्थिक सहयोग गरेको थियो ।

उक्त रकम आईतबार आयोजित एक कार्यक्रममा दिपेश गुरुङ र उनको आमा  डिलकाशी गुरुङलाई लमजुङ सेवा समिति हङकङका खेलकुद समितिका संयोजक सन्तोश गुरुङ र समन्वय समिति लमजुङका अध्यक्ष मिना गुरुङले हस्तान्तरण गरे ।


कार्यक्रममा लमजुङ सेवा समिति हङकङका सल्लाहकार रामबहादुर गुरुङ, समिति सदस्य रामकुमार गुरुङ, सदस्य विनोद गुरुङ, जिल्ला स्थित समन्वय समिति सचिव मेघेन्द्र पोख्रेल, कोषाध्यक्ष मनमाया गुरुङ, सदस्य इन्द्र राना, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल लगायतको उपस्थिती रहेको थियो । 

राष्ट्रिय टिमका लागि एपिएफ क्लबमा आबद्ध गुरुङ सशस्त्र प्रहरी विद्यालयमा अध्ययनगर्दै फुटबल प्रशिक्षण लिँदैं आएका छन् । हाल एसइई परीक्षा दिएका गुरुङले एपिएफबाट अन्डर – १३ का थुप्रै खेलहरूमा सहभागिता जनाएका छन् ।


लमजुङ सेवा समिति हङकङले जिल्लाको स्वास्थ्य, विपद, खेलकुद र शिक्षाको क्षेत्रमा सहयोग गर्दैआएको छ । समितिले विभिन्न क्षेत्रमा सेवा तथा सहयोगका लागि ४४ लाखको अक्षयकोष स्थापना गरेको छ । 
सोही कोषमा रहेको रकमको व्याजबाट समितिले समाजिक सेवामा कामहरू गर्दैआएको जनाएको छ ।  समितिले जिल्लामा विभिन्न क्षेत्रमा सहयोगका लागि स्थापित अक्षयकोषलाई एक करोेड पुर्‍याउने तयारी गरेको अध्यक्ष मीना गुरुङले प्रहार समाचारलाई बताईन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button