हेडलाईनसमाचारप्रदेश

खानेपानी मन्त्री यादवलाई भेट्दै धरानका मेयर साम्पाङ

• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । काठमाडौं, २५ चैत २०८१ सोमवार ।  खानेपानी मन्त्री प्रदीप यादव लाई धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले भेटेका छन्।

मेयर साम्पाङले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री यादवलाई आज भेट्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि धरानको खानेपानी सुधारका लागि बजेट विनियोजनको माग सगहितको औपचारिक पत्र बुझाएका हुन्।

मेयर साम्पाङले  धरान क्षेत्रमा खानेपानी आपूर्ति अझ प्रभावकारी र दिगो बनाउन बजेट आवश्यक रहेको उल्लेख गर्दै मन्त्री यादवको ध्यानाकर्षण गराएको बताए । बजेट विनियोजनको माग सगहितको औपचारिक पत्र बुझ्दै मन्त्री यादवले मागलाई गम्भीरतापूर्वक लिएको जानकारी दिँदै आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button