प्रहार समाचार । तनहुँ, २२ चैत २०८१ शुक्रवार । व्यास नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासङ्घ तनहुँको समन्वयमा व्यास नगरपालिका–७ कलेस्तीस्थित वडा कार्यालयमा आज सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिक एवं विकास आयोजना, सुशासन तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाई आयोजना गरिएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले जनताको विकास चाहना र अपेक्षा पूरा गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत केदार आचार्यले नगरपालिकाबाट चालु आर्थिक वर्षमा भएका प्रगति विवरण सार्वजनिक गरे ।

कार्यक्रममा उपप्रमुख इन्दिरा दरै, व्यास नगरपालिका–७ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपाने, ११ का वडाध्यक्ष दलबहादुर दुरा लगायतको उपस्थिति रहेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष डिपी अधिकारीले गरेका थिए ।
























