• सुशिल बि.क. ( प्रहार समाचार) । तनहुँ, २२ चैत २०८१ शुक्रवार । तनहुँको दमौलीमा रहेको उद्योग वाणिज्य संघ दमौली बजार इकाई समितिको २९ औ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ।

साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले दमौली बजार इकाईले कुनै पनि आग्रह, पुर्वाग्रह नराखि दमौलीका जनताको हित र सेवामा सक्रिय गराइ अगाडि बढ्नुपर्नै बताए । बजार इकाईका सबै साथीहरू हातमा हात र काँधमा काँध राखेर निष्पक्ष रहेर पेशागत हक हितमा लाग्नुपर्ने बताए ।

प्रदेश सभा सदस्य श्रेष्ठले कुनै पनि उद्योगी ब्यवसायी र ब्यापारीहरु सतर्क भै मनै देखि उदेश्य बमोजिम लागेका कार्य सफल हुने बताउदै आआफ्नो क्षेत्रबाट बजारको सार्वाङ्गिण विकासका लागि अगाडि बढाउन जरुरी भएको बताए ।

कार्यक्रममा तनहुँ उधोग बाणिज्य सघका पुर्व महासचिव कुमार मोहन श्रेष्ठ ,महिला उधमी राधिका परियार, दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, तनहुँ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष मंगलकुमार श्रेष्ठ, पुर्व अध्यक्ष मोहनकुमार बि.क. , व्यास नगरपालिका वडा नम्बर -२ का वडा अध्यक्ष काशीराम श्रेष्ठ, लगाएतका वक्ताहरूले ब्यवसायीहरु धारासायी नभै सद्भाव ,समन्वय र एकताका साथ अगाडि बड्न अनिवार्य भएको बताए ।

कार्यक्रममा वक्ताहरूले साप्ताहिक अनुगमन, निरीक्षण र अनुसन्धान आवश्यक भएको बताए । कार्यक्रम दमौली बजार इकाईका सभापति शुक नारायण मल्लको सभापतित्वमा सम्पन्न भएको थियोे ।

























