हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

नेपाल निजामती कर्मचारी संगठनको  भित्तेपात्रो  विमोचन तथा नयाँ वर्षको  शुभकामना आदान प्रदान

प्रहार समाचार । तनहुँ, २२ चैत २०८१ शुक्रवार । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति तनहुँले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रो विमोचन तथा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम हिंजो   दमौलीमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि तनहुँका अध्यक्ष हरिराज कडेंल, नेपाल निजामती कर्मचारी संगठनका गण्डकी प्रदेश ईन्चार्ज भरत भुसाल, तनहुँका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, संगठनका गण्डकी प्रदेश सह ईन्चाज तेज प्रसाद निउरे, संगठनका गन्डकी प्रदेश समितिका अध्यक्ष डोलराज पराजुली, कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँका प्रमुख कोष नियन्त्रक अशोक खनाल लगायतले आआफ्नो धारणा राखेका थिए ।

त्यस्तै कार्यक्रममा संगठनका केन्द्रीय सदस्य विजय कुमार श्रेष्ठ, केन्द्रीय सदस्य पार्वती पौडेल, नेपाल बुद्धिजिवी परिषदका केन्द्रीय सदस्य एवं नेपाल निजामती कर्मचारी संगठन तनहुँका सल्लाहाकार सुनिल पाण्डे, स्थानीय निकाय कर्मचारी संघका केन्द्रीय सदस्य कृपाहरी लौडारी, निजामती कर्मचारी संगठनका गन्डकी प्रदेश समितिका लेखा आयोजक आयोगका संयोजक रुद्र सिंह ठकुरी लगायत दश वटै पालिकाका संगठनका प्रमुख लगायतको उपस्थिति रहेको कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन तनहुँका अध्यक्ष भगवान त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको संगठनका सचिव विष्णु केसीले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button