• विजय अधिकारी ( संवाददाता ) काठमाडौँ, २१ चैत २०८१ शुक्रवार । नेपाल सरकार गृह मन्त्रालयले लमजुङ, प्यूठान सहित ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ।

लमजुङ ,कञ्चनपुर, स्याङ्जा, प्यूठान, अर्घाखाँची र दार्चुला जिल्लाका कार्यरत सिडिओहरुलाई मन्त्रालयमा सरुवा गरी मन्त्रालय बाट ५ सहसचिव र १ उपसचिवलाई सिडिओमा खटाइएको गृह मन्त्रालयले जनाएको छ ।
लमजुङमा माधवप्रसाद खरेल कञ्चनपुरमा सहसचिव लक्ष्मण ढकाल,प्यूठानमा दीपकराज नेपाल, अर्घाखाँचीमा वेदप्रसाद खरेल, स्याङ्जामा ईश्वरीप्रसाद अर्याल,दार्चुलामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा कार्यरत अनिल पौडेललाई सिडिओमा खटाइएको छ।
त्यस्तै लमजुङका बुद्ध गुरुङ, कञ्चनपुरका नारायणप्रसाद सापकोटा, स्याङ्जाको सुनिता नेपाल, अर्घाखाँचीका बाबुराम अर्याल, प्यूठानको रमा आचार्य सुवेदी र दार्चुलाका यज्ञराज जोशीको गृह मन्त्रालयमा सरुवा गरिएको छ।

























