हेडलाईनसमाचारप्रदेश

जाजरकोटको गर्खाकोट केन्द्रविन्दु भएर गयो  भूकम्प

प्रहार समाचार । तनहुँ, २२ चैत २०८१ शुक्रवार ।  जाजरकोटको जुनीचाँदे गाउँपालिकाको गर्खाकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर १० मिनेटमा ५.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।

हालसम्म जिल्लामा क्षति भएको कुनैपनि विवरण प्राप्त भएको छैन’, जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी समीर गौतमले भने, ‘हामी अहिले कार्यालयमा नै बसेर सूचना संकलन गरिरहेका छौं ।’

भूकम्पको धक्का पश्चिम नेपालसहित राजधानी  काठमाडौं उपत्यकासम्म पनि महसुस गरिएको थियो । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button