प्रहार समाचार । तनहुँ, २२ चैत २०८१ शुक्रवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै शुक्रबार राति प्रहरीले उनको निवास हात्तीगौडा बाट पक्राउ गरेको हो ।
आवश्यक प्रक्रिया पूरा गरेर उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले जानकारी दिए । यसअघि लामिछानेले फेसबुकमार्फत आजै आफूले गिरफ्तारी दिने बताएका थिए ।
उनले भनेका थिए, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु। साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु ।’ यद्यपि उनले आफूमाथि ठुलो अन्याय भएको बताएका छन् ।
























