हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिकामनोरञ्जन

नयाँ वर्षको अवसरमा होटल व्यवसायी संघद्वारा सांगीतिक साँझ गरिने

सुशिल बि. क.( संवाददाता ) प्रहार समाचार । २३ चैत २०८१ शनिवार । नयाँ वर्ष २०८२ लाई स्वागत गर्न  होटल व्यवसायी संघ तनहुँले सांगीतिक साँझ आयोजना गर्ने भएको छ । तस्विरहरु : प्रहार अनलाईन मिडिया ।

व्यास-३ स्थित खुल्ला मैदान दमौलीमा  चैत ३१ गते  सांगीतिक साँझ सञ्चालन गर्न लागिएको  हिंजो  संघले दमौलीमा  पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गरायो । होटल व्यवसायी संघ तनहुँका निवर्तमान अध्यक्ष एवं गण्डकी प्रदेश उपाध्यक्ष दुर्गाविलास भट्टराईले नेपाली नयाँ वर्षमा युवायुवतीलाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागेको बताए । विगतका वर्षमा कार्यक्रम गर्दा घाटा भएपनि निरन्तरताका लागि कार्यक्रम गर्न लागिएको उनले जानकारी दिए ।

कार्यक्रममा ऱ्यापर  बुद्ध लामा, विवेक लामा, मन्जु सेन्ताङ र डिजे मिनी दुराको प्रस्तुती साथै स्थानीय कलाकारहरुको  समेत प्रस्तुती रहने उनले जानकारी दिए । कार्यक्रमको लागि ६ लाख खर्च हुने अनुमान गरिएको छ । सांगीतिक प्रस्तुति हेर्नको लागि टिकट शुल्क २ सय ५० रुपैयाँ राखिएको आयोजकले जनाएको छ ।

संघका अध्यक्ष गिरबहादुर थापाले सांगीतिक साँझ कार्यक्रम संघको वार्षिक कार्यक्रम जस्तौ बनेकाले यसलाई निरन्तरता दिइने बताए । नयाँ वर्षमा दमौलीमा कार्यक्रम नहुँदा युवायुवती अन्यत्र जाने अवस्था रहेकाले  स्थानीय स्तरमै मनोरञ्जन गराउने अवसर सिर्जना गर्न कार्यक्रम गरिएको उनको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी लगायतले आन्तरिक पर्यटन प्रवर्धन गर्न यस्ता कार्यक्रम महत्वपूर्ण रहने बताए । म


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button