हेडलाईनसमाचारगण्डकी

मर्श्याङदी गाउँपालिकाद्वारा मुख्य बजार क्षेत्र सहित प्रवेश नाकामा  सिसीटिभी क्यामेरा जडान

• विजय अधिकारी ( संवाददाता ) । प्रहार समाचार । २३ चैत २०८१ शनिवार । लमजुङको मर्श्याङदी गाउँपालिकाले पालिकाको मुख्य बजार क्षेत्र सहित प्रवेश नाकामा  सिसीटिभी क्यामेरा जडान गरेको छ ।

मर्श्याङदी गाउँपालिका वडा नम्बर-३, खुदी बजारमा आयोजित सिसिटिभि क्यामराको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले  पालिकाभित्र मुख्य गरी सुरक्षा व्यवस्थालाई केन्द्रित गरि सिसिटिभि क्यामरा जडान गरिएको बताए ।

त्यस अवसरम बोल्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईले गाउँपालिकाले बेसीशहर नगरपालिका जाने मुख्यद्वार, खुदी वजार नजिकैको स्थलहरूलाई र उत्तरी भेग मनाङ जिल्ला जाने मुख्य नाकामा रहेको जगत वजारलाई केन्द्रित गर्दै ४ वटा तथा खुदी बजार क्षेत्रमा १० वटा क्यामरा जडान गरेको बताए ।

विशेष गरी बजार क्षेत्रहरुमा दिन र रातको समयमा सजग रहनका लागि सिसिटिभि क्यामराले सहयोग पुर्याउने बताउदै क्यामरा जडान हुदाँ समाजलाई हुने फाईदाका बारेमा  समेत जानकारी गराएका थिए ।

यस अघि गाउँपालिकाको नयाँ भवनमा १० वटा सिसिटिभि क्यामरा जडान गरि सकिएको छ । जडान गरिएको क्यामराको निगरानीको लागी दुवै ठाउँमा रहेको सुरक्षा निकायलाई अधिकार दिईएको छ । कार्यक्रममा जनप्रतिनिधिहरु, टोल सुधार समितिका पदाधिकारीहरु, स्थानीय,सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

गाउँ पालिका वडा नम्बर-३,का वडा  अध्यक्ष दुतमान तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण  गाउँपालिकाका सुचना अधिकारी अभिनाश भण्डारीले गरेका थिए । अहिले सम्म कुल १० लाख बराबरको सिसिटिभि क्यामरा जडान गरिएको पालिकाले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button