प्रहार समाचार । तनहुँ, २१ चैत २०८१ बिहीवार । हिंजो भएको भक्तपुर स्थित भक्तपुर बहुमुखी क्याम्पसमा भएको घटनाको नेविसंघ तनहुँले भत्सना गरेको छ।

उक्त क्याम्पसमा अध्यायनत स्वतन्त्र विद्यार्थी यूनियनका निवर्तमान सदस्य एवं नेविसंघ तनहुँका नेता सुदिप ढुङ्गानामाथि आक्रमण भएको थियो । उनलाई नेविसंघ र स्ववियुका केहि व्यक्तिद्वार आक्रमण गरिएको थियो ।
नेविसंघ तनहुँका अध्यक्ष आशिष कैनीद्धारा आज प्रकाशित प्रेस विज्ञातिमा उक्त कुरा उल्लेख गरिएको छ।
विज्ञप्तिमा उक्त घटनामा संलग्न संङ्गठन भित्रका अराजक मानसिकता बोकेका जो कोहि भएपनि कानुनी कार्वाहिको भागिदार हुनु पर्ने नेविसंघले ठहर गरेको उल्लेख गरिएको छ। विज्ञातिमा भाइतेको सिघ्र स्वास्थ्य लाभाको कामना गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं।’ भनिएको छ।
























