प्रहार समाचार । धरान, २१ चैत २०८१ बिहीवार । धरानका मेयर हर्क साम्पाङले नेपालमा राजसंस्था पुन : स्थापनाभन्दा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणाली उपयुक्त हुने बताएका छन्। उनका अनुसार, राष्ट्रपतिलाई जनताले प्रत्यक्ष रूपमा निर्वाचित गर्नुपर्ने र निर्वाचित राष्ट्रपतिले आफ्नै इच्छाअनुसार मन्त्रीमण्डल गठन गरी पाँच वर्षसम्म स्थिर सरकार सञ्चालन गर्नुपर्ने व्यवस्था आवश्यक छ ।

साम्पाङले वर्तमान संसदीय प्रणालीले देशमा अस्थिरता मात्र ल्याएको आरोप लगाउँदै संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने तर्क गरेका छन्। उनले यस्तो प्रणाली लागू भएमा आफू पनि राष्ट्रतिको उमेदवार बन्ने घोषणा गरेका छन्।
उनको अभिव्यक्तिले नेपालमा राजनीतिक व्यवस्थासम्बन्धी बहसलाई पुनः ताजा बनाएको छ। अस्थिर राजनीतिक वातावरणलाई मध्यनजर गर्दै प्रत्यक्ष कार्यकारी राष्ट्रपति नै आजको समाधान हुन सक्छ ।भन्ने कुरा विभिन्न पक्षबाट आएको देखिन्छ। यस पश्चात स्थिर सरकार हुने र जनताले चाहे अनुरूप विकास गर्न सकिने सम्बद्द सबैको जोड रहेको छ ।
























