हेडलाईनसमाचारप्रदेशस्वास्थ्य

काठमाडौं उपत्यकाको वायु प्रदूषण सूचिको  विश्वकै दोस्रो स्थानमा

प्रहार समाचार । काठमाडौँ, २१ चैत २०८१ बिहीवार ।  देशको राजधानी काठमाडौं उपत्यकाको वायु प्रदूषण खराब सूचिमा  विश्वकै दोस्रो स्थानमा पुगेको छ। यो सूचक खतरनाक हो । आईक्यू एअरका अनुसार आज ९ बजे काठमाडौंको वायु गुणस्तर ३७५ एक्यूआई पुगेको हो ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २०१ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओका अनुसार ३०१ भन्दामाथि पुगे खतरनाक हुन्छ । वायू प्रदुशणकै कारण राजधानीका अस्पतालहरुमा रुघा, खोकी तथा श्वासप्रश्वासका विरामीहरुको सङ्ख्या ह्वाति बढेको छ। खास गरि केटाकेटि र बृद्ध बृद्धाहरुमा यो समस्या देखिएको हो । यस्तो स्थिति हुँदा पनि सरकार चुप रहेको छ।

आज बिहान नेपालको काठमाडौं विश्वकै प्रदूषित सूचीको दोस्रो स्थानमा छ । पहिलो नम्बरमा भने इराकको बग्दाद शहर रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button