हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिकास्वास्थ्य

निर्मल स्कुल एल्मुनाई एसोसिएसनका उपाध्यक्ष  श्रेष्ठको उपचारमा सहयोग गरिदिन आग्रह

प्रहार समाचार । तनहुँ, २१ चैत २०८१ बिहीवार । तनहुँ जिल्लाको व्यास नगरपालिका–१ मा रहेको  निर्मल माध्यमिक विद्यालय तनहूँका पूर्व विद्यार्थी एवं निर्मल मा वि मा गठित पूर्व विद्यार्थी हरुको  संस्था ‘निर्मल स्कुल एल्मुनाई एसोसिएसन’ का उपाध्यक्ष विष्णुप्रसाद श्रेष्ठको उपचारमा  सहयोग गर्न सबैमा आग्रह गरिएको छ।

श्रेष्ठको हाल गंगालाल अस्पतालमा उपचार भइरहेको छ । मुटुमा समस्या देखिएपछि बाइपास सर्जरी क्यारोनरी अर्टरी वाइपास ग्राफटिङको उपचारका लागि केही दिन अघि उनलाई सो अस्पतालमा भर्ना गरिएको हो । 

यस संम्बेदनशिल परिस्थितिमा आआफ्नो क्षेत्रबाट सहयोग गरिदिन निजका छोरा पृथ्वी श्रेष्ठले निर्मल स्कुल एल्मुनाई एसोसिएशनका पूर्वविद्यार्थी सबैमा आग्रह गरेका छन्।

 निजका छोरा पृथ्वी श्रेष्ठले आफ्नो नाउँमा दमौली स्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खाता नं ०३३०५१५०२५११३६ सहयोग रकम जम्मा गरिदिन आग्रह गरेका छन्। 

निर्मल माविका विसं २०२५ देखि हालसम्मका पूर्व विद्यार्थी, शिक्षक लगायत अन्य मनकारी समाजसेवी, व्यापारी, राजनितिज्ञ साथै चिरपरिचित सम्पूर्ण महानुभावमा सहयोग गरिदिन  अनुरोध गरिएको छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button