प्रहार समाचार । काठमाडौँ, २० चैत २०८१ बुधवार । यहि चैत १५ गते राजा बादीहरुको आन्दोलनका क्रममा भाटभटेनी सुपर मार्किटमा लुटपाट मच्चाउने लुटेराहरुलाई लखेटेर बहादुरी देखाउने भाटभटेनी सुपरमार्केटका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।

उनलाई आज एक कार्यक्रमबीच भाटभटेनीका प्रमुख मीनबहादुर गुरुङले नगद ५ लाख १ हजार १ सय ११ सहित पुरस्कृत तथा सम्मान गरेका थिए ।

त्यस अबसरमा लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अन्य कर्मचारीहरुलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको थियो । सुरक्षा गार्ड पराजुलीले लुटेराहरूलाई भाटाले पिटेर लखेटेका थिए ।
























