हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको व्यास- १, नवआदर्श टोलमा रहेको नवआदर्श टोल विकास संस्था र नवआदर्श आमा समुहको नवनिर्मित भवनको उद्घाटन

प्रहार समाचार । तनहुँ, २० चैत २०८१ बुधवार ।  तनहुँको  व्यास नगरपालिका वडा नं १ नवआदर्श टोलमा रहेको नवआदर्श टोल विकास संस्था र नवआदर्श आमा समुहको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम  सम्पन्न भएको छ ।

भवनको जग्गादाता एवं वयोवृद्दा सदस्य गंगाकुमारी हडखले आज उद्घाटन गर्दै  सहयोग गर्न पाउदा खुशी लागेको बताउँदै आवश्यक परेमा आगामी दिनहरुमा सहयोग गर्ने बताइन् । व्यास १ का वडा अध्यक्ष रमेशचन्द्र हड्खलेले समाज सुधार गर्न धन मात्र भएन नहुने बताउँदै मन पनि चाहिने भएकाले गंगाकुमारीको योगदान उल्लेखनिय रहेको बताए ।

२०५५ सालमा स्थापित आमा समुह तथा २०६३ सालमा स्थापित टोल विकास संस्थाको भवनको लागि गंगाकुमारी हडखले तथा छोरा हरि हडखलेले आमा समुहलाइ करिब २५ लाख रुपैयाँ बराबरको जग्गा दिनुभएको र सो जग्गामा हाल रु २२ लाख रुपैयाँको लागतमा नयाँ भवन निर्माण गरिएको हो ।

भवन निर्माणका लागि व्यास न.पा.बाट ४ लाख ६३ हजार, सांसद  स्वर्णिम वाग्लेबाट १ लाख, टोल विकास संस्थाबाट र ३ लाख र अन्य श्रोत आमा समुहको कोष तथा विभिन्न व्यक्तिबाट प्राप्त सहयोग जुटाइएको  कुरा आमा समुहका कानुनि सल्लाहकार अधिवक्ता डम्बरदेव हडखलेले जानकारि दिए ।

आमा समुहका अध्यक्ष सिता अधिकारीको अध्यक्षतामा भएको सो अवसरमा भवन निर्माणमा नगद सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button