हेडलाईनसमाचारप्रदेश

शिक्षकहरूको सडक आन्दोलन आजबाट : यस वर्षको एसइई परिक्षाको नतिजा समयमानै प्रकाशित हुनेमा आशङ्का

प्रहार समाचार । तनहुँ, २० चैत २०८१ बुधवार ।
देशभरका शिक्षकहरूले आजदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्ने  भएपछि यस वर्षको एसइई. परिक्षाको नतिजा समयमानै प्रकाशित हुनेमा शङ्का उत्पन्न भएको छ।

बोर्डले यसवर्ष परीक्षाफल आगामी असार ७ गतेभित्र सार्वजनिक गर्ने जनाएको छ । तर गत  माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन  सडक आन्दोलन गर्न लागे पछि परीक्षाको उत्तर पुस्तिका कस्ले जाँच्ने हो ? भन्ने प्रश्न खडा भएको छ। परीक्षामा न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । परीक्षाको नतिजामा उत्तीर्णदरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।

उत्तर पुस्तिका परिक्षण गर्ने शिक्षकहरुनै आन्दोलनमा काठमाडौँ गएपछि समस्या उत्पन्न भएको हो । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन  सडक आन्दोलन गर्न लागेकाे छ।

आन्दोलनबारे जानकारी दिन हिंजो आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र  जारी गर्न मागसहित आन्दोलन थालिएको बताए ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री  अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button