हेडलाईनसमाचारप्रदेश

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा ने वि संघको सम्पूर्ण प्यानल नै विजयी

प्रहार समाचार । तनहुँ, २० चैत २०८१ बुधवार । मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा  नेपाल विद्यार्थी संघले सभापति सहित सम्पूर्ण प्यानल नै जित हाँसिल गरेको छ।

गए राति सम्पन्न मत गणनामा  नेपाल विद्यार्थी संघका विवेक खड्का सहितको पुरै प्यानल विजयी भएको हो ।

नेविसंघका विवेक खड्काले अनेरास्ववियुका जगतजंग शाहीलाई २ सय ८० मतान्तरले पराजित गरे । खट्काले १ हजार १ सय ८७ मत प्राप्त गरेका थिए भने   उनका प्रतिद्वन्द्वी जगत जंग शाहीले ९ सय ७ मत प्राप्त गरेका थिए । कूल ४ हजार ३ सय ८३ मतदातामध्ये दुई हजार आठ सय ६४ जनाले मतदान गरेका थिए ।

अध्यक्षका अन्य प्रत्यासीहरू प्रकाश विकले २७५ र मिलन बीसीले २३१ मत प्राप्त गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button