हेडलाईनसमाचारप्रदेश

नेपाली लेखक संघको केन्द्रीय नेतृत्व चयनका लागि मतदान सुरु

प्रहार समाचार । लुम्बिनी, १७ चैत २०८१ आइतवार । नेपाली लेखक संघको लुम्बिनिमा भइरहेको आठौं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत हुन नसकेपछि तीन पदका लागि अहिले विहान १०: १५ बजेबाट मतदान सुरु भएको छ। तस्बिरहरु : प्रहार अनलाईन मिडिया

अध्यक्ष, सह अध्यक्ष र महा सचिव पदमा सर्व सम्मत हुन नसकेपछि निर्वाचन हुन गएको हो। अध्यक्ष पदमा डा. रत्नमणि  नेपाल र गोविन्द वियोगी बिच चुनावी प्रतिस्पर्धी भइरहेको छ ।

त्यस्तै सह अध्यक्षमा डा. शैलेन्दु प्रकाश नेपाल र मनोज न्यौपाने बिच प्रतिस्पर्धा भएको छ। त्यसैगरी महासचिवमा प्रकाश बिमल र सोझो गाउँले बिच चुनावी प्रतिस्पर्धा भईरहेको निर्वाचन संयोजक धर्मेन्द्र चेम्वाङले बताए ।  

यस अघि उपाध्यक्ष ४ जनामा क्रमश: दामु मौसुल, डा. ईश्वरमणी अधिकारी, डा. विष्णु के. सी. र डा. शशि थापा पण्डित निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै महिला उपाध्यक्ष १ जनामा बिमला तुम्खेवा, परराष्ट्र उपाध्यक्ष १ जनामा युवराज डि. सी., उप- महासचिवमा नारायण सापकोटा, कोषाध्यक्षमा विशु कुमार के.सी., सचिव खुल्ला ३ जनामा क्रमश : निर्मल ढुङ्गाना, डा. लोकेन्द्र बहादुर खड्का र मिलन समिर तथा सचिव महिलामा निर्मला कोईराला निर्विरोध निर्वाचित भएका छन

यस्तै सदस्यहरु खुल्ला १० जनामा क्रमश इन्द्र लम्साल, सतोष बोहरा, राजन बस्नेत, सुदर्शन आचार्य, दिवाकर घिमिरे, बिमल बैद्य , अमृत क्षेत्री, हरिप्रसाद चालिसे, महेन्द्र वाग्ले र रामचन्द्र घिमिरे निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै सदस्य प्रदेशमा कोसीबाट जेबी खत्री, बाग्मतीबाट भगवती खनाल, गण्डकीबाट डा. गणेश प्रसाद शर्मा, लुम्बिनीबाट लिलाधर पाण्डेय, कर्णालीबाट कमला के. सी., र सुदूरपश्चिमबाट प्रा. भोजराज जोशी निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै महिला सदस्य ५ जनामा क्रमश: राधिका गुरागाई, गंगा विष्ट,  शोभा अधिकारी, ईन्दिरा निरौला,  सन्जा कुमारी दनुवार  निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै दलित सदायमा गणेश बहादुर नेपाली , आदिवासी जनजाती सदायमा ननु योङहाङ र पिछडिएको क्षेत्र १ जना सदस्यमा द्रोपती डाँगा निर्विरोध निर्वाचित भएका निर्वाचन संयोजक धर्मेन्द्र नेम्बाङले बताए ।  


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button