प्रहार समाचार । लुम्बिनी, १७ चैत २०८१ आइतवार । नेपाली लेखक संघको लुम्बिनिमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा वियोगी बुढाथोकी विजयी भएका छन्। तस्विरहरु : प्रहार अनलाईन मिडिया

सर्वसम्मत हुन नसकेपछि तीन पदका लागि आज बिहान भएको निर्वाचनमा अध्यक्षका वियोगी बुढाथोकीले १ सय १५ मत प्राप्त गरि विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्दि डा. रत्नमणि नेपालले ५९ मत मात्र प्राप्त गरे ।

त्यस्तै सह अध्यक्ष पदमा मनोज न्यौपाने १ सय २ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिद्धन्दि डा. शैलेन्दु प्रकाश नेपालले ६९ मत प्राप्त गरे ।

त्यसैगरी महासचिवमा सोझो गाउँले १ सय २६ मत प्राप्त गर विजयी भएको निर्वाचन संयोजक धर्मेन्द्र चेम्वाङले बताए । उनका निकटतम प्रतिद्धन्दि प्रकाश बिमलले ४९ मत प्राप्त गरेका थिए ।

१ सय ७९ मतदाता रहेको उक्त निर्वाचनमा १ सय ७६ मत खसेको थियो भने १ मत बदर भएको थियो ।
यस अघि उपाध्यक्ष ४ जनामा क्रमश: दामु मौसुल, डा. ईश्वरमणी अधिकारी, डा. विष्णु के. सी. र डा. शशि थापा पण्डित निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै महिला उपाध्यक्ष १ जनामा बिमला तुम्खेवा, परराष्ट्र उपाध्यक्ष १ जनामा युवराज डि. सी., उप- महासचिवमा नारायण सापकोटा, कोषाध्यक्षमा विशु कुमार के.सी., सचिव खुल्ला ३ जनामा क्रमश : निर्मल ढुङ्गाना, डा. लोकेन्द्र बहादुर खड्का र मिलन समिर तथा सचिव महिलामा निर्मला कोईराला निर्विरोध निर्वाचित भएका छन्।

यस्तै सदस्यहरु खुल्ला १० जनामा क्रमश इन्द्र लम्साल, सतोष बोहरा, राजन बस्नेत, सुदर्शन आचार्य, दिवाकर घिमिरे, बिमल बैद्य , अमृत क्षेत्री, हरिप्रसाद चालिसे, महेन्द्र वाग्ले र रामचन्द्र घिमिरे निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै सदस्य प्रदेशमा कोसीबाट जेबी खत्री, बाग्मतीबाट भगवती खनाल, गण्डकीबाट डा. गणेश प्रसाद शर्मा, लुम्बिनीबाट लिलाधर पाण्डेय, कर्णालीबाट कमला के. सी., र सुदूरपश्चिमबाट प्रा. भोजराज जोशी निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै महिला सदस्य ५ जनामा क्रमश: राधिका गुरागाई, गंगा विष्ट, शोभा अधिकारी, ईन्दिरा निरौला, सन्जा कुमारी दनुवार निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै दलित सदायमा गणेश बहादुर नेपाली , आदिवासी जनजाती सदायमा ननु योङहाङ र पिछडिएको क्षेत्र १ जना सदस्यमा द्रोपती डाँगा निर्विरोध निर्वाचित भएका निर्वाचन संयोजक धर्मेन्द्र नेम्बाङले बताए । विजयी सबै पदाधिकारीहरुलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापती अयर सिंह पुन, निर्वाचन समितिका संयोजक धर्मेन्द्र नेम्बाङ लगायतले प्रमाण पत्र प्रदान गरे । नव निर्वाचित अध्यक्ष बुढाथोकीले नेपाली लेखक सङ्घलाई नयाँ ढङ्गले सृजनात्मक र रचनात्मक रूपमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे ।
























