हेडलाईनसमाचारप्रदेश

मेयर बालेनले पूर्वराजालाई तोके जरिवाना

प्रहार समाचार । काठमाडौँ, १७ चैत २०८१ आइतवार । राजावादीहरुले गरेको राजधानी केन्द्रीत आन्दोलनका क्रममा यहि चैत १५ गते गरेको राजधानी केन्द्रीत आन्दोलन हिम्सात्मक तथा विधमसात्मक भएकोमा चौतर्फी आलोचना भइरहेको छ । यसै प्रसङ्गमा काठमाडौं महानगरका नगर प्रमुख बालेन शाह बालेन्द्रले पूर्व राजा ज्ञानेन्द्र शाहलाई विभिन्न सडकहरुमा जथाभावी फोहर गरेको, महानगरको दमकल फुटाएको, रूख, बेंच र रेलिङ तोडफोड गरेकोमा जरिवाना गरेका छन्।

मेयर शाहले पूर्व राजा ज्ञानेन्द्र शाहलाई कोटेश्वर सडक तथा सडकपेटीमा जथाभावी फोहोरमेला गरेको – १ लाख, तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमेला गरेकोमा १ लाख, महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमेला गरेको – १ लाख, बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमेला गरेको – १ लाख, जडिबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमेला गरेको – १ लाख, सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमेला गरेको – १ लाख जरिवाना गरेका छन्।

यस्तै महानगरको दमकल फुटाएको – १ लाख ३० हजार, तीनकुने क्षेत्रको रूख, बेंच र रेलिङ तोडफोड – ४० हजार र तीनकुनेको आइल्याण्डमा तोडफोड – २३ हजार जरिवाना गराएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button