प्रहार समाचार । तनहुँ, १७ चैत २०८१ आइतवार । क्रियाशील पत्रकारिता पुरस्कारबाट तनहुँका पत्रकार साने बहादुर नेपाली सम्मानित भएका छन् ।

प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा हिंजो जन चाहना डट कम का सम्पादक तथा प्रकाशक समेत रहेका नेपालीलाई पुरस्कृत गरिएको हो ।
नेपालीलाई पूर्वप्रधानमन्त्री समेत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरस्कार प्रदान गरे । नगद पाँच हजार रुपैयाँको साथमा सम्मानपत्रसहित पुरस्कृत गरिएको हो ।
क्रियाशिल पत्रकारिता पुरस्कारबाट हरेक प्रदेशका एक जना प्रेस सेन्टरकर्मीलाई पुरस्कृत गरिएको छ । प्रेस सेन्टर तनहुँ पूर्वअध्यक्ष नेपाली राष्ट्रिय समाचार समितिमा तनहुँबाट रिपोर्टिङ गर्छन् । हाल उनी प्रेस सेन्टर गण्डकीको सचिव पदमा कार्यरत छन्
























