हेडलाईनसमाचारप्रदेश

‘२०६५ साल जेठ १४ गते एभिन्युज टिभिमा मेरो रिपोर्ट बज्यो र त्यसको निष्कर्ष’ – बिनु सुवेदी

२०६५ साल जेठ १४ गते एभिन्युज टिभिमा मेरो रिपोर्ट बज्यो र त्यसको निष्कर्ष थियो: दलहरूबीच रातभरमा कुनै असहमति भएन भने भोलि देशमा गणतन्त्रको सुनौलो विहानी आउनेछ। त्यसको केहिबेरमै भाष्कर राजकर्णिकार जंगिदै आए, कोट झिकेर टेबलमा बजारे र सोधे: को हो यो गणतन्त्रको कुरा गर्ने?

गणतन्त्रकै कुरा गर्न नपाईने ठाउँमा काम गर्न हुँदैन भन्ने लागेर मैले तुरुन्तै आईडिकार्ड बुझाएँ, निस्किएँ र त्यसपछि कहिल्यै फर्किईन। बरु मैले २ महिनाको तलब पनि माया मारेँ।
हिजो पूर्व राजा पक्षधरको आन्दोलनलाई उकास्दै ठूल्ठूला मान्छेहरूले निकालेको विज्ञप्तिमा राजकणिर्कारको नाम देख्दा मलाई त्यस दिनको याद आएको थियो।


हुन सक्छ, उनले आफ्ना कर्मचारीहरूलाई राजावादीहरूको आन्दोलनकै धेरै फोकस गर्न निर्देशन दिएका थिए।  सायद हाम्रा सहकर्मी सुरेश रजक त्यहि दवावमा थिए र भाष्करहरूले नै उचालेका अराजकहरूले फुटाएको झ्यालबाट दृष्य कैद गरिरहेका थिए।


पत्रकारहरू सधैं साहु र सम्पादकको दवावमा हुन्छन्। अर्को मिडियाले एक्स्क्लुसिभ गर्यो भने हामीलाई  कुकुरलाई झैं गाली गर्छन् । पत्रकारले मरेर भए पनि उनीहरूका लागि खत्रा फुटेज ल्याइदिनुपर्ने मान्यता राख्छन्। एभिन्युज यसमा अझ बढि कट्टर छ।
त्यो गालीबाट जोगिन सायद सुरेशले जोखिम लिए।

त्यसैले, प्रहरीले सबैभन्दा पहिले आन्दोलनका नाममा अराजकता  उक्साउने भाष्करहरूलाई पक्राउ गरोस् र अरू पत्रकारहरूलाई ‘सुरेश’ बन्नबाट जोगाओस्!

सुरेशप्रति हार्दिक श्रद्धाञ्जली, परिवारमा गहिरो समवेदना!

✍️ बिनु सुवेदी ( ताजा खबरबाट )


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button