हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

लिपुलेक विवादमा भारतको पुरानै अडान दोहोरियो, संवादबाट समाधान खोज्न प्रस्ताव

प्रहार समाचार । काठमाडौँ, २१ बैशाख २०८३ सोमबार । लिपुलेक नाका हुँदै सञ्चालन हुने कैलाश मानसरोवर यात्रालाई लिएर उत्पन्न कूटनीतिक चासोबीच भारतले आफ्नो पुरानै अडान पुनः दोहोर्याएको छ। नेपाल सरकारले उक्त मार्ग प्रयोगबारे आपत्ति जनाउँदै ध्यानाकर्षण गराएपछि भारतको विदेश मन्त्रालयले आइतबार प्रतिक्रिया दिँदै लिपुलेक मार्ग सन् १९५४ देखि नै प्रयोगमा रहेको दाबी गरेको हो।

भारतीय पक्षले नेपालले उठाउँदै आएको सीमासम्बन्धी दाबीलाई “ऐतिहासिक तथ्यमा आधारित नभएको” भन्दै एकपक्षीय दाबी विस्तार स्वीकार्य नहुने स्पष्ट पारेको छ।भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जारी गरेको वक्तव्यमा लिपुलेकमार्फत हुने यात्रा नयाँ विषय नभएको र यसबारे भारतको धारणा निरन्तर एकै रहेको उल्लेख छ।

यद्यपि, उनले नेपालसँगका बाँकी सीमा विवाद तथा द्विपक्षीय मुद्दा समाधानका लागि संवादको ढोका खुला राखिएको पनि जनाएका छन्। भारतले कूटनीतिक माध्यममार्फत समस्याको समाधान सम्भव रहेको विश्वास व्यक्त गर्दै आपसी समझदारीमार्फत अघि बढ्नुपर्नेमा जोड दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button