हेडलाईनव्याससमाचारगण्डकी

गण्डकीबाट केन्द्रमा तनहुँका श्रेष्ठको उम्मेदवारी, मतदातासँग अपिल

प्रहार समाचार । तनहुँ, २० बैशाख २०८३ आइतबार । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा तथा निर्वाचन नजिकिँदै जाँदा गण्डकी प्रदेशबाट केन्द्रीय कार्यकारिणी सदस्य पदका आकांक्षीहरू सक्रिय देखिएका छन्। यही क्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष दमौलीका व्यवसायी पविन्द्र कुमार श्रेष्ठले प्रदेश भूगोलतर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

उनको उम्मेदवारी क्रम संख्या ४ मा रहेको छ।श्रेष्ठले गण्डकी प्रदेशका उद्योगी–व्यवसायीको हकहित, व्यवसायिक वातावरण सुधार र निजी क्षेत्रको सशक्त प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै आफू चुनावी मैदानमा उत्रिएको उल्लेख गरेका छन्। उनले प्रदेशभित्रका जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्षहरू तथा प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद बढाउँदै समर्थन जुटाउने अभियानलाई तीव्र बनाएका छन्। उनले गण्डकी प्रदेशको आर्थिक सम्भावना उजागर गर्न, उद्यमशीलता प्रवर्द्धन गर्न तथा स्थानीय उद्योग–व्यवसायलाई राष्ट्रिय तहमा जोड्ने आफ्नो स्पष्ट योजना रहेको उल्लेख गर्दै मतदातासँग आफूलाई विजयी गराउन आग्रह गरेका छन्।

श्रेष्ठले समग्र निजी क्षेत्रको आवाजलाई केन्द्रसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।महासंघको ६०औँ साधारणसभा तथा निर्वाचन २०८३ साल वैशाख २१ र २२ गते हुँदैछ, जसलाई निजी क्षेत्रको नेतृत्व चयनका दृष्टिले महत्वपूर्ण मानिएको छ। यसै सन्दर्भमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने उम्मेदवारबीचको प्रतिस्पर्धा पनि चर्किंदै गएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button