समाचार । काठमाडौं, १५ चैत शुक्रवार । काठमाडौंको तीनकुने क्षेत्रमा भएको आन्दोलनका क्रममा एक पत्रकार समेत दुई जनाको मृत्यु भएको छ ।

मृत्य हुनेमा संचारकर्मी सुरेश रजक रहेका छन्। उनि एभिन्युज टेलिभिजनका फोटो पत्रकार हुन् । तीनकुनेको एक घरको झ्यालबाट आन्दोलनको भिडियो खिच्दै गरेका उनको जलेर मृत्यू भएको डेस्क सम्पादक शिव दाहालले पुष्टि गरे ।

नेपाल प्रेस अनलाईनका उमेश कार्कीले कैद गरेको यो तस्विर नै सुरेशको जीवनको अन्तिम तस्बिर बन्यो ।
यसै बिच तीनकुनेको आन्दोलनका क्रममा कीर्तिपुरका सविन महर्जन को मृत्यू भएको गृह मन्त्रालयले जानएको छ । प्रहरीको गोली लागेर घाइते भएका महर्जनको त्रि.वि.शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
ह

























