हेडलाईनसमाचारबागमती

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ब्रेक : पुनर्विचारका लागि सरकारलाई फिर्ता

प्रहार समाचार । काठमाडौ, २० वैशाख २०८३ आइतबार ।सरकारले सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा राष्ट्रपति कार्यालयले ‘ब्रेक’ लगाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेशमाथि अध्ययनपछि आवश्यक पुनर्विचार गर्न भन्दै सरकारमै फिर्ता पठाउने निर्णय गरेका हुन्।

राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरका अनुसार अध्यादेशका प्रावधानहरूबारे थप स्पष्टता र सन्तुलन आवश्यक देखिएकाले सो कदम चालिएको हो। मन्त्रिपरिषद्ले गत १४ वैशाखमा बसेको बैठकबाट उक्त अध्यादेशसहित अन्य केही अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

यो कदमलाई कार्यपालिकाको निर्णयमाथि राष्ट्रपतिको संवैधानिक निगरानीको रूपमा हेरिएको छ। यसअघि पनि सुशीला कार्की नेतृत्वको सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति कार्यालयले फिर्ता पठाएको नजिर रहेको छ। पछिल्लो निर्णयसँगै संवैधानिक परिषद्सम्बन्धी विषयमा सरकारभित्रै पुनः छलफल र परिमार्जनको प्रक्रिया अघि बढ्ने देखिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button