हेडलाईनसमाचारप्रदेश

‘काठमाडौं टावर’ भत्काउने तयारीमा महानगर

प्रहार समाचार । काठमाडौँ, १४ चैत २०८१ बिहीवार । काठमाडौं महानगरले ‘काठमाडौं टावर’को नक्सा पासको विषयमाथिको विवाद चरम उत्कर्षमा पुगेपछि भवन नै भत्काउने तयारी गरेको छ।

महानगरका मेयर बालेन शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर महानगरमा नाकाबन्दी लगाएको बताउँदै  यसले गर्दा महानगरको काम नै ठप्प भएको जनाएका छन्।

‘काठमाडौं टावरको नक्सा पासको विषयलाई लिएर सरकारले यो अवस्था सिर्जना गर्नु भनेको यसमा सरकारको पनि मिलेमतो छ भन्ने हाम्रो निष्कर्ष हो।’ स्वकीय सचिव शाहले भने । ‘यसमा क – कस्को संलग्नता छ त्यो बाहिर ल्याउन हामीले भत्काउने तयारी गरिरहेका छौँ।’ उनले थपे ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button