हेडलाईनसमाचारप्रदेशखेलकुद

एसियन कप-२०२६ मा नेपाली महिला खेलाडीहरु छनौंट

प्रहार समाचार । तनहुँ, १४ चैत २०८१ बिहीवार । एसियाली फुटबल महासंघ (एएफसी) महिला एसियन कप-२०२६ मा नेपाली महिला खेलाडीहरु छनौंटमा परेका छन्। 

महासंघले मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा बिहीबार सर्वजनिक गरेको समूह विभाजनमा नेपाल ‘एफ’मा परेको हो ।

नेपालको समूहमा उज्बेकिस्तान, लाओस र श्रीलंका छन् । आगामी जुन महिनामा समूह ‘एफ’को छनोट खेल उज्बेकिस्तानमा हुनेछ ।

विभिन्न ३४ देशलाई आठ समूहमा विभाजन गरि एएफसी महिला एसियन छनोट गरिएको हो । जसमा हरेक समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् । एसियन कप सन् २०२६ मार्चमा अस्ट्रेलियामा हुँदैछ । नेपालले आफ्नो समूहमा शीर्षस्थान हात पार्न सके पहिलो पटक एसियन कप खेल्नेछ ।  


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button