हेडलाईनसमाचारप्रदेश

अन्ततहः  सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गऱ्यो

प्रहार समाचार । काठमाडौँ, ११ चैत २०८१ सोमवार । अन्ततहः वर्तमान सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। आज  बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको हो ।

घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए।

चार वर्षीय उनको कार्यकाल साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो। उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच जुहारी चल्दै आएको थियो ।

यसअघि प्राधिरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल नतिरेको भन्दै उद्योगीहरूको लाइन काटेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकार बनेपछि उद्योगीहरूको लाइन जोड्ने निर्णय गरेको थियो। त्यो निर्णयलाई घिसिङ्ले लत्याइदिएका थिए । जब सम्म बक्यौता तिर्दैनन् तब सम्म लाईन जोडीदैन घिसिङ भन्दै थिए ।


घिसिङले  ८.९२ अर्ब रुपैयाँ घाटामा रहेको प्राधिकरण लाई पहिलो वर्षमै १.५१ अर्ब रुपैयाँ दोस्रो वर्ष २.८५ अर्ब नाफा, तेस्रो वर्ष ७.२० अर्ब नाफा र चौथो वर्ष  ११.७२ अर्ब नाफा गराउन सफल भएका थिए ।

घिसिङको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणले ४ वर्षमा करिब ३० अर्ब नाफा कमायो, जुन ऐतिहासिक उपलब्धि मानिन्छ। तर यसैको सजायँ स्वरूप वर्तमान सरकारले उनलाई हटाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button