प्रहार समाचार । तनहुँ, ११ चैत २०८१ सोमवार । भूमि समस्या समाधान आयोग तनहुँको आयोजना र म्याग्दे गाउँपालिकाको समन्वयमा पालिकामा आज एक दिने अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको छ ।

आयोग र स्थानीय पालिकाले सम्पादन गर्नुपर्ने काम कर्तव्य र अधिकारका बारेमा भए गरेका कामको बारेमा छलफल गर्ने उदेश्यले उक्त अभिमुखिकाण कार्यक्रम गरिएको हो ।
हालसम्म म्याग्दे गाउँ पालिकामा भुमिहिन दलितको संङ्ख्या ८०, भूमिहिन सुकुम्बासी ६५ र अव्यवस्थित बसोबासीको संख्या १ हजार १ सय ५३ रहेको छ। उक्त कार्यक्रममा आयोग अध्यक्ष गोबिन्द सिलवालले आयोगले रोकिएको ठाउँबाट नै तुरुन्तै काम अगाडि बढाउने धारणा राख्दै भूमिसम्बन्धी समस्या समाधान गरिने प्रतिबद्धता गरे ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकाको समन्वयमा भूमि सम्बन्धि समस्या समाधान गरिनुपर्ने बताए । कार्यक्रममा पालिका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख पशासकिय अधिकृत नारायण अधिकारी, आयोगका बिज्ञ सदस्य श्रीराम कार्की, महिला सदस्य आशा थापा, सदस्य रामचन्द्र उपाध्य लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु र वडा अध्यक्षहरुले आआफ्नो सुझाव दिएका थिए ।
























