हेडलाईनसमाचारगण्डकी

पन्थ फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित

प्रहार समाचार । तनहुँ, ११ चैत २०८१ सोमवार ।  तनहुँको व्यास नगरपालिका वडा नं. १२ कमलबारी निवासी हाल जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत  प्रहरी नायव निरीक्षक मिलन पन्थ  उत्कृष्ट प्रहरी घोषित भएका छन्।

प्रहरी संगठनको नीति निर्देशन बमोजिम तोकिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दार, बफादार, कर्तव्यनिष्ठताका साथ उच्च अनुशासनमा रही उत्कृष्ट ढंगबाट कार्य सम्पादन गरे बापत पन्थलाई फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

पन्थले कार्यालयको वडा एरिया अन्तर्गतमा घटेका विभिन्न प्रकृतिका अपराधहरुमा तदारुकताका साथ खटिई  घटनाहरुको सुक्ष्म रुपमा अनुसन्धान गरी अपराध अनुसन्धानलाई प्रमाणमुखी बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण उत्कृष्ट प्रहरी  घोषणा गरिएको हो । पन्थलाई जिल्ला प्रहरी कार्यालय गोरखामा  एक कार्यक्रमका बीच  प्रमुख प्रहरी उपरीक्षक बासुदेब पाठकले  अभिलेखमा जनिने गरी नगद पुरस्कार सहित पन्थलाई सम्मान गरे ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button