हेडलाईनसमाचारप्रदेश

काठमाडौँमै घर छ तर, पूर्वराष्ट्रपति यादव र भण्डारीले बुझ्छन् सरकारबाट लाखौं घर भाडा

प्रहार समाचार । तनहुँ, ५ चैत २०८१ मङ्गलवार ।  पूर्व  पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीको काठमाडौंमा ऐलिसान वंगला (घर) छ ।  तर पनि उनिहरुले सरकारबाट  लाखौं रकम घर भाडा र अन्य खर्चका रूपमा उपलब्ध गराएको सेवा र सुविधा उपभोग गर्दै आएका छन् ।

पूर्व राष्ट्रपति, उप राष्ट्रपति ,  सभामुख , पूर्व प्रधानमन्त्री लगायतको सेवा र सुविधाका बारेमा सडक देखि सहन सम्म चर्चा परिचर्चा चलिरहेको बखत यो विषय पेचिलो बन्दै गएको छ।

यसै बिच गत आर्थिक वर्षमा पूर्व राष्ट्रपति रामवरण यादवको लागि ४६ लाख २५ हजार ६१५ रुपैयाँ र विद्यादेवि भण्डारीका लागि ३५ लाख १८ हजार ५ सय ५५ रुपैयाँ खर्च गरिएको छ। यसमा तलब, घर भाडा, कर्मचारीको तलब, बिजुली र पानीको खर्च समावेश छ। यी पूर्वराष्ट्रपतिलाई सरकारले एक उपसचिव, हलुका सवारी चालक र कार्यालय सहयोगी उपलब्ध गराएको छ, र दुवैका लागि मासिक रूपमा भाडा भुक्तानी गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button