• विजय अधिकारी (संवाददाता ) लमजुङ, ५ चैत २०८१ मङ्गलवार । स्ववियु निर्वाचनमा लमजुङ जिल्लामा नेविसंघले सुरुवातमै जित हासिल गरेको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर-३, सोतीपसलमा रहेको मंगला क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघको तर्फ बाट स्ववियु सभापतिमा रामचन्द्र खनालको प्यानलनै निर्विरोध निर्वाचित भएको छ ।

जसको सचिवमा रामकुमार श्रेष्ठ र कोषाध्यक्षमा राधा सिंजाली रहेका छन्। त्यस्तै सदस्यहरुमा क्रमशः दिपक ओझा, कृष्ण मुरारी कगाले, मनिता भूजेल, मनिषा नेपाली, शुष्मा अधिकारी, सुकमित गुरुङ, अनिल मिश्र र विनोद न्यौपाने निर्वाचित भएका मंगला क्याम्पसका क्याम्पस प्रमुख उदयचन्द्र कंडेलले बताए ।

उनका अनुसार- स्ववियु निर्वाचनमा तोकिएको समय सीमा भित्र अन्य विधार्थी संघ,संगठनको उम्मेदवारी दर्ता नभएको र नेविसंघका उम्मेदवारको मात्र उम्मेदवारी परेकाले निर्विरोध भएको हो । ११ सदस्य रहेको स्ववियुमा नेविसंघका तर्फ बाट मात्र उम्मेदवारी परेका कारण निर्विरोध घोषणा गरिएको क्याम्पस प्रमुख कंडेलले भनाई छ । १ सय ४ जना (विद्यार्थी) मतदाता रहेको क्याम्पसमा हाल स्नातक सम्म अध्ययन, अध्यापन हुँदै आएको छ ।


























