प्रहार समाचार । भारत, १० फागुन शनिवार । धर्म गर्न भनि भारतको कुम्भमेलाबाट घर फर्किएका सप्तरीका ४ जनाको सवारी दुर्घटना मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा गएराति भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका– ७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर– ५ की ५५ वर्षीया हरिहर वती यादव र उनकी भाउजू सुनसरीको कुशहा गाउँपालिका– १ की समतोलियादेवी यादवको मृत्यु भएको कञ्चनरूप नगरपालिका– ७ का वडाध्यक्ष समानन्द चौधरीले बताए ।
सोही गाडीमा सवार लिलावतीका श्रीमान् कञ्चनरूप नगरपालिका १ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालुदेवी यादव, वडा नम्बर ५ का जितु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाई र चालकसहित ६ जना घाइते भएका छन् ।
उनीहरूको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ भारतीय प्रहीले जनाएको छ।





















