हेडलाईनसमाचारगण्डकी

लमजुङको भुलभुले स्थित माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत आयोजनाबाट  विद्युत उत्पादन सुरु

• विजय अधिकारी संवाददाता ) प्रहार समाचार । लमजुङ, १० फागुन २०८१ शनिवार । लमजुङको मर्श्याङ्दी  गाउँपालिकाको भुलभुलेमा रहेको  माथिल्लो मस्र्याङ्दी”ए” जलविद्युत आयोजना बाट एक हप्ताको विद्युत गृहको मर्मत सकिए पश्चात् विद्युत उत्पादन सुरु भएको छ।

५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना  मर्मत पछि शुक्रबार देखि विद्युत उत्पादन सुरु भएको हो । सिनो हाइड्रो सगरमाथा पावर कम्पनीका अनुसार २ वटा टर्वाइन रहेको आयोजनाको युनिट १ को मर्मत पछि २५ मेगावाट विद्युत उत्पादन भएको  आयोजनाका दोभासे दयाराम दाहालले जानकारी दिए ।

उनका अनुसार-युनिट २ को पनि मर्मत कार्य भैरहेको र युनिट २ को मर्मत कार्य सकिन अझै करिब २ देखि ३ महिना सम्म लाग्न सक्ने दाहालले प्रहार समाचारलाई बताए । आयोजनामा २५ ,२५ मेगावाटका २ वटा फ्रान्सिस टर्वाइन रहेका छन्। विद्युत प्राधिकरण सँग एक हप्ताको समय लिएर मर्मत थालिएको हो ।

गत शनिबार देखि आयोजनाको विद्युत गृहका टर्वाइन र बाँधस्थल वरपरको मर्मतमा चिनियाँ विषेशज्ञ सहितको इन्जिनियर तथा प्राविधिक को टोली खटिएका छन् ।
   पानीको बहावमा आधारित उक्त परियोजनाको बाँधस्थलमा चाइनिज कम्पनी ब्युरो सात सँग मिलेर नेपाली निर्माण व्यवसायीले मर्मत गरिरहेका छन्। यो क्षेत्रको मर्मत कार्य अप्रिल अन्तिम सम्म चल्ने छ ।
   जनवरीमा सन् २०१३ मा निर्माण सुरु गरिएको माथिल्लो मर्श्याङ्दी ‘ए’ आयोजनाले जनवरी सन २०१७ बाट व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको थियो।

आयोजनामा नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत र चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० प्रतिशत लगानी रहेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button