हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

नेपाल विद्यार्थी सङ्घ तनहुँको पदस्थापन सहित प्रथम बैठक सम्पन्न

प्रहार समाचार । तनहुँ,१० फागुन २०८१ शनिवार । नेपाल विद्यार्थी सङ्घ तनहुँको पदस्थापन सहित  प्रथम बैठक सम्पन्न भएको छ ।

पदस्थापना कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले विद्यार्थीहरुले देशमा भएका विकृति, विसंगतिलाई चिर्दै सत्मार्गमा हिड्नु पर्नेमा जोड दिए ।

त्यस अवसरमा महाधिवेशन प्रतिनिधि तथा गण्डकी प्रदेश सांसद अशोक कुमार श्रेष्ठ, निवर्तमान पार्टी सभापति बैकुण्ठ न्यौपाने,  पूर्व पार्टी सभापति रघुनाथ पौडेल, उपसभापति राजेन्द्र कृष्ण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि तथा भानु नगरपालिकाका नगर प्रमुख मेयर आनन्दराज त्रिपाठी,  क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिहरू श्याम कुमार मौराती र चुणामणी खनाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ‘ख’ का सभापति काजीमान श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल, कांग्रेस व्यास नगरका सभापति सूर्य चन्द्र हड्खले, ने वि  संघका केन्द्रीय सदस्य सुनिल मिश्र, नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ‘ख’ का सचिब हरिशरण खनाल, रिसिङ गाउँपालिकाका उपाध्यक्ष गिनु थापा,  क्षेत्र नं २ का सह सचिव याम सारु तथा तथा ने वि  सङ्घका जिल्ला सदस्यहरूको उपस्थिति रहेको ने वि संघले जनाएको छ।

कार्यक्रम  ने वि सङ्घ तनहुँका अध्यक्ष आशिष कैनीको सभापतित्वमा सम्पन्न भएको थियो । त्यस अवसरमा ने वि संघका विभिन्न तहको जिम्मेवारी पाएका विद्यार्थीहरुलाई पदस्थापना सहित पत्र प्रदान गरिएको थियो ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button