• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । काठमाडौं, १० फागुन २०८१ शनिवार । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पछिल्लो समय नेपालीहरू अनागरिक बन्दै गएको टिप्पणी गरेका छन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत उनले लेखेका छन – ‘नेपालीहरू पैसा कमाउने लोभले होस, देश छाड्ने होडवाजीले होस, मानिस बिक्रि गर्ने दलालको फन्दामा परेर होस,जुनसुकै कारणले होस सरकारले आफ्ना नागरिकलाई अनागरिक बन्न दिनु हुँदैन ।’
भण्डारीले अगाडी लेखेका छन्य – “यहि होडलाई सरकारले रोक्नु पर्छ । सरकारले आफ्ना नागरिकहरुलाई हातमा हतकडी, खुट्टामा नेल लगाएर डिपोट गर्ने व्यवहार बाट पनि बचाउनु पर्छ । जसरी हुन्छ आफ्नो देशमा सम्मानित जीवन बाँच्ने वातावरण बनाउने कर्तव्य सबैको भएकाले दुःख गरेर सुख काट्न आफ्नो देश बनाउन सबै लाग्नु पर्छ ।’
उनले अन्त्यमा लेखेका छन् – ‘हामीले गरे नहुने के छ ? गम्भिर कुराले गम्भिर बहस र ब्यवहार खोजेको हुन्छ जसका लागि दिमाग खुला हुनु पर्दछ ।’
























