हेडलाईनसमाचारगण्डकीविजनेसशुक्लागण्डकीमनोरञ्जन

चौथो शुक्लागण्डकी महोत्सव सुरु : शुरुअर्थतन्त्र चलायमान बनाउन महोत्सवले महत्पूर्ण टेवा पुग्छ : सांसद भण्डारी

प्रहार समाचार । तनहुँ, १० फागुन २०८१ शनिवार । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेल मैदानमा चौथो शुक्लागण्डकी महोत्सव शुरु भएको  छ ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघद्धारा आयोजित महोत्सवको  पूर्व मन्त्री एवम् तनहुँ क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले हिंज उद्घाटन गर्दै महोत्सवले यस क्षेत्रको प्रचार प्रसारका साथै अर्थतन्त्र चलायमान बनाउन महत्पूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । सांसद भण्डारीले शुक्लागण्डकी हरेक दृष्टिले सम्भावनायुक्त नगर भएको बताउदै समृद्ध शुक्लागण्डकी निर्माणकालागि सबै पक्षको साथ र सहयोग आवश्यक पर्ने उल्लेख गरे ।

गण्डकी प्रदेश का पूर्व मन्त्री  एवं प्रदेश सभा सदस्य जितप्रकाश आलेले  ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन मेला र महोत्तव सहायक सिद्ध हुने बताए । कार्यक्रममा  प्रदेश सांसद  श्यामराजा महत, शुक्लागण्डकी नगरापालिकाका नगर प्रमुख कृष्णराज पण्डित,  उपप्रमुख खुम बहादुर विक (राजु), शुक्लागण्डकी नगरपालिका वडा नंं ५ का अध्यक्ष दिर्घ बहादुर थापा, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष अमृत भट्टचन, भानुभक्त बहुमुखी क्याम्पसका अध्यक्ष दुर्गा कुमार श्रेष्ठ, स्थानीय यातायात प्रालिका अध्यक्ष केदार पौडेल, नेपाल आदिवासी जनजाति महासंघ शुक्लागण्डकी नगर समन्वय परिषदका अध्यक्ष तुलसी कुमारी श्रेष्ठ, महोत्सवका निर्देशक एवम् संघका निवर्तमान अध्यक्ष विमल प्रसाद रिमाल, महासचिव सुजन श्रेष्ठ, उपमहासचिव विर्सना श्रेष्ठ लगायतले बोलेका थिए ।

महोत्सवका मुल संयोजक एवम् संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले अध्यक्षको आसनबाट बोल्दै महोत्सवले   सिङ्गो शुक्लागण्डकीको अर्थतन्त्र, पर्यटन, कला, साहित्य तथा धार्मिक पर्यटनमा टेवा पुग्ने  बताए ।
महोत्सव उद्घाटनपूर्व मिलडाडाँ र दुलेगौंडाबाट झाँकीसहितको ऱ्याली शुरुभई महोत्सवस्थलमा प्रवेश गरेका थियो ।

फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल समावश गरिएको संघका महासचिव एवम् प्रवक्ता  सुजन श्रेष्ठले जानकारी दिए ।   साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा विक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान विक्रि तथा प्रदर्शनीलाई समावेश गरिएकोे छ ।  महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता हुने आयोजकले जनाएको छ । 

सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ  गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो ।

महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार हुने अनुमान छ । महोत्सवमा आज शनिवार चर्चित लोकदोहोरी गायक राजन कार्की, सरस्वती लामिछाने, लक्ष्मी बानीया, हास्य कलाकार नवराज काप्रि ‘भाले’ लगायतको प्रस्तुती रहने कलाकार व्यवस्थापन समिति संयोजक सुमन सापकोटाले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button