हेडलाईनव्याससमाचारगण्डकीऋषिङ

प्रहार अनलाईनको समाचारको प्रभाव : बीसघरे झोलुङ्गेपुल मर्गत गर्न प्रशासनको ताकेता

प्रहार समाचार । तनहुँ, २४ माघ २०८१ बिहीबार । तनहुँको व्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्ने सेती नदी तथा मादी नदीको बीस घरेको झोलुङ्गे पुल पुरानो भई पुलका अधिकाम्स नटबल्ट समेत खुस्केको समाचारको भिडियो प्रहार समाचारको आधिकारिक फेसबुक पेजमा आएपछि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण भएको छ।

यहि माघ २१ गते पुलका अधिकांश नट बोल्टहरू खसेको भिडियो सामाग्री प्रहार अनलाईन मिडियाले प्रशारण गरेको थियो । उक्त भिडियो रिपोर्ट  प्रशारण भएपछि प्रशासनले हिंजोको मितिमा च.नं.३७०६ को पत्रमा पूर्वाधार विकास कार्यालय र डिभिजन सडक कार्यालयलाई तत्काल आफ्नो क्षेत्राधिकार भित्रको झोलुङ्गे पुल नियमित रूपमा मर्मत सम्भार गर्ने व्यवस्था मिलाई सुरक्षित आवागमनमा सहयोग गर्नु हुन ताकेता गरेको छ। हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयको पत्र :

जिल्ला प्रशासन  कार्यालयले यसको जानकारी जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय तनहुँलाई गराएको सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

स्मरणीय छ उक्त पुलको स्ल्यापहरूका अधिकांश नट बोल्टहरू खुस्केका छन् । जस्का कारण जुनसुकै बेला मानिस तथा मोटर साइकाल तथा स्कूटरहरू दुर्घटनामा पर्ने जोखिम उच्च रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button