प्रहार समाचार । तनहुँ,२४ माघ २०८१ बिहीवार । तनहुँको बन्दिपुर गाउँपालिका वडा नम्बर ६, मा यहि माघ २२ देखि आज २४ गते सम्म संचालन भएको अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि बन्दीपुर ६, खहरेमा रहेको मिलिजुली युवा क्लबको पोल्टामा परेको छ। प्रथम भएसंङ्गै क्लबले ३० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ।

प्रतियोगितामा बागेश्वरी युबा क्लब , काफलस्वाँरा द्धतीय भएको छ । उसले २० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गऱ्यो । त्यस्तै प्रतियोगितामा तमु युवा क्लब साराङघाट तृतीय भएसङ्गै १० हजार नगद सहित प्रमाणपत्र र मेडल प्राप्त गर्न सफल भएको थियो।

बिजयी टिमलाई पुरस्कार वितरण तथा समापन समारोहमा बोल्दै बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्र यूवा खेलाडीहरुको पहिचानका लागि तथा खेलकुँदको विकासकालागि प्रतियोगिता सहायक सिद्ध रहेको बताए । ‘खेलकुदको विकासमा पालिका सधैं साथमा रहने छ।’ अध्यक्ष थापाले प्रतिबद्धता जनाए ।
त्यसै मगर संघ केन्द्रिय निर्वाचन समिति संयोजक तथा मिलिजुली युबा क्लबका सस्थापक अध्यक्ष सिद्धान्त गर्जा मगरले भलिबल खेललाई यस क्षेत्रको केन्द्रबिन्दु बनाउने विषयमा जोड दिंदै निकट भविश्यमा खहरेबाट राष्ट्रिय खेलाडीहरु उत्पादन हुने बताए ।
पालिकाका उपाध्यक्ष पन्च माया गुरुङले पहिलो दिनको खेलको उद्घाटन गरेकी थिइन्। १८ टिम सहभागी रहेको उक्त प्रतियोगिता टोल स्तरीय खुला भलिबल रहेको बताइएको पालिकाले जनाएको छ। थ


























