प्रहार समाचार । तनहुँ, २४ माघ २०८१ बिहीवार । चितवन राष्ट्रिय निकुञ्जमा आर्मीको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको छ । बुधबार कुमरोज सामुदायिक वनकाे लामिताल इलाकामा आत्मरक्षाका लागि गोली चलाउँदा मकुनाकाे मृत्यु भएको निकुञ्जले जानकारी दिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको नयाँ गोरखगण (क) गुल्म सौराहाका नेपाली सेनाको संयुक्त टोलीमाथि नै जाइलागेपछि मकुनालाई गोली प्रहार गरिएको निकुञ्जका सूचना अधिकारी अभिनाश थापामगरले जानकारी दिए ।
‘बुधबार हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात फेला पारी घरपालुवा हात्ती चुरेगजलाई आक्रमण गर्न लागेपछि अन्य विकल्प नभएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्मरक्षाका लागि टोलीले २ राउन्ड ‘वार्निङ’ (चेतावनी) हवाइ फायर गरिएको थियो,’ सूचना अधिकारी थापामगर द्वारा हस्ताक्षरित विज्ञरितिमा उल्लेख छ। हेरौं प्रेस विज्ञप्ति :

उनका अनुसार मकुनालाई धपाउनका लागि ६ राउण्ड गोली फायर भएको छ।


























