हेडलाईनव्याससमाचारगण्डकी

तनहुँ जिल्लाको व्यास १४ मा रहेको केशवटार मा.वि.मा मगर भाषाको अक्खा लिपीको पढाई सुरु

• शंकरराज नहर्की  । तनहुँ, २४ माघ २०८१ बिहिवार । तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. १४ मा रहेको केशवटार मा. वि. मा मगर भाषाको अक्खा लिपीको पढाई सुरु भएको छ।

केशवटार मा. वि. मा आयोजित एक कार्यक्रमका बिच गत २१ गते सरास्वती पूजाको दिनमा कार्यक्रमको उद्घाटन गर्दै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले स्थानीय पाठ्यक्रम निर्माण गर्ने आधिकारिक प्रयोजन भएपछि व्यास नगरपालिकाले पाठ्यक्रम निर्माण गरेको बताउँदै यस्ता खालका पाठ्यक्रमलाई नगरपालिकाको तर्फबाट कार्यपालिकाबाट पारित गरेर अगाडि बढाउनुपर्ने बताए।

नगर प्रमुख न्यौपानेले भने ‘आक्खा  लिपिको पठन पाठन संङ्गै, हराउँदै जान थालेको मगर संस्कार, परम्परा, रितिरिवाज र संस्कृतिमा यस्तो ठूलो महत्व राख्छ ।’ उनले  परम्परागत शिक्षालाई संरक्षण गर्ने दायित्व नगरपालिकाको रहेको बताउँदै  गुरुकुल, मदर्सा, मगर, गुरुङ लगायतका भाषालाई संरक्षणमा अपनत्व लिएर नगरपालिका अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
व्यास नगरका संस्थापक नगर प्रमुख ताराप्रसाद श्रेष्ठले नेपाल चार जात छत्तिस वर्णको सुन्दर फूलवारी भएकाले सबै भाषा, संस्कार र संस्कृतिको संरक्षणमा लाग्नु पर्ने बताए ।

कार्यक्रममा व्यास नगर शिक्षा अधिकारी केदारनाथ आचार्यले नेपालको संविधानमा मातृभाषाबाट पठनपाठन गर्न  पाउने संबैधानिक व्यवस्था भएकाले स्थानिय पाठ्यक्रम अन्तर्गत पठन पाठन थालिएको बताए ।

कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त गर्जा मगर, नेपाल मगर संघ पूर्व केन्द्रीय उपाध्यक्ष मन्दरी आले मगर, नेपाल मगर संघ गण्डकी प्रदेशका सचिव नन्दु थापा मगर , सामुदायिक विद्यालय महासंघ तनहुँका अध्यक्ष विष्णु भक्त न्यौपाने, आदिकवि भानुभक्त क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बुदिमान श्रेष्ठ, विद्यालयका प्रअ भरत बहादुर विष्ट, व्यास नगरपालिका शिक्षा समितिका सदस्य याम बहादुर आले, समन्वय परिषद्का अध्यक्ष क्या. सोम बहादुर थापा लगायतले ९० प्रतिशत भन्दा बढि विद्यार्थीहरु रहेको यस विद्यालयमा आक्खा लिपीको पढाई हुनु राम्रो काम भएको उल्लेख गर्दै मगर भाषा, संस्कार र संस्कृति संरक्षणमा यस्ले ठूलो महत्व राख्ने बताए ।

अहिले कक्षा १ मा पाठ्यपुस्तक निर्माणगरी पठन पाठन सुरु गरिएकोमा अब क्रमश: कक्षा ८ सम्म पढाइने बताइएको छ। नेपाल मगर संघ व्यास नगर समितिको आयोजना एवं व्यास नगरपालिकाको समन्वयमा भएको उक्त कार्यक्रम संघका व्यास नगर अध्यक्ष रिमा आलेको सभापतित्वमा सम्पन्न भएको थियो ।  

कार्यक्रमको सहजिकरण सचिव अमर थापा मगरले गरेका थिए । व्यास नगरपालिकामा ७२  सामुदायिक विद्यालयहरु रहेका छन् भने नेपालमा १ सय २४ भाषामा मातृभाषामा पठन पाठन गर्न पाइने प्रावधान रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button