हेडलाईनव्याससमाचारगण्डकी

म्याम्दे – दमौली समाज तनहुँद्धर पराशर आश्रमका बटुकहरुलाई  स्टेशनी वितरण

प्रहार समाचार । तनहुँ,२१ माघ २०८१ सोमवार ।   म्याम्दे – दमौली समाज तनहुँद्धरा आज श्रीपञ्चमीको अवसामा पराशर आश्रम गुरुकुल व्यास ५, पराशर आश्रमका बटुकहरुलाई स्टेशनी तथा वस्त्र वितरण गरिएको छ।

वितरण कार्यक्रममा बोल्दै पराश आश्रम संरक्षण समितिका अध्यक्ष सत्य प्रसाद खनालले सानो सहयोगले पनि बटुकहरुको पठन पाठनमा धेरै ठूलो राहत मिलेको बताए । खनालले आश्रमको दिर्घकालीन श्रोत नभएकोले  शिक्षक तथा बटुकहरुलाई खर्च व्यवस्थापन गर्न समस्या परेको बताए । 

साहित्यकार डा. बम बहादुर जितालीले अहिलेको समाज भँडिदै गएकाले सु संस्कृत शिक्षा अहिलेको आवश्यकता भएको बताए ।

समाजका अध्यक्ष भाग्यशाली ढुंगानाले संस्कार संस्कृति नै देशको मुख्य धर्म रहेकोले सनातन धर्म संस्कृति बचाउनु पर्ने बताए । त्यस अबसरमा आश्रमका बटुकहरुलाई स्टेशनरी सामाग्रीहरुका अतिरिक्त जुत्ता, भेष्ट तथा धोती वितरण गरिएको समाजका उपाध्यक्ष क्या. ताराराम मल्लले बताए ।

कार्यक्रमको  सहजिकरण समाजका सचिव विकास खनालले गरेका थिए । हाल उक्त आश्रमा ११ जना बहुकहरु र चार जना शिक्षक गुरुहरु रहेका तथा कक्षा  आठ सम्म अध्यायन हुने शिक्षक महेन्द्र घिमिरेले जनाए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button