• विजय अधिकारी (संवाददाता) प्रहार समाचार कास्की २१ माघ २०८१ सोमबार । गण्डकी प्रदेश सरकारले भोलि २०८१ माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए ।

























