प्रहार समाचार । तनहुँ, २१ माघ २०८१ सोमवार । तनहुँको व्यास नगर पालिका वडा नं. ३, दमौलीमा रहेको नव दुर्गा मन्दिरको मुर्ति स्थापना गरिएको छ।
मुर्ति स्थापना गर्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले सबै धर्म , संस्कार र संस्कृतिको संरक्षणमा नगरपालिका लागि परेको बताए ।
डोलिमा राखेर मुर्तिलाई नयाँ मन्दिरमा विधि पूर्वक लैजाँदै :

चाइनिज इट्टाबाट प्याकोडा शैलिको नयाँ मन्दिरमा श्रीपञ्चमीको अबसर पारेर मुर्ति स्थापना गरिएको मन्दिर संरक्षण समितिका सचिव ठाकुर प्रसाद पौडेलले बताए । मन्दिर निर्माणका लागि हाल सम्म ४० लाख खर्च भैसकेको संरक्षण समितिका अध्यक्ष केशकुमारी राना (काशि) ले बताइन् ।

पृथ्वी राजमार्ग विस्तार गर्ने क्रममा पुरानो मन्दिर हटाउनु पर्ने भएपछि नजिकै अर्को मन्दिर निर्माण गरेर मुर्ति प्रतिस्थापन गरिएको हो । त्यस अबसरमा स्थानीय भजन मण्डलीहरुले भजन किर्तन समेत गरेका थिए । नव निर्मित मन्दिर :

नव दुर्गा भवानी मन्दिरको ताकालिन गृह सहायक मन्त्री नरबहादुर गुरुङबाट २०३८ साल पुस १४ गते उद्घाटन भएको थियो । स्थानिय पाका व्यक्तिहरुका अनुसार उक्त मन्दिर तात्कालिन तनहुँका प्रजिअ माधव प्रसाद श्रेष्ठको अगुवाइमा स्थानिय दमौलीका समाजेवी , भक्तजनहरुको सहयोग र सक्रियतामा बनेको बताइन्छ।
अब सम्झनामा मात्र पुरानो मन्दिर जस्लाई भत्काईदै छ :


























